Posts

Showing posts from September, 2024

४०६औँ प्राकट्य महोत्सव ✍

Image
श्री प्राणनाथ निज मूलपति, श्री मेहराज सुनाम । तेज कुँवरी श्यामा युगलको, पल पल करुँ प्रणाम ।। सम्वत् सोलह सै पचहत्तरा, आसो वदि चौदश नाम । पहर दिन चढ़ते बार रवि, प्रगटे धनी श्री धाम ।। धर्मप्राण सुन्दरसाथजी ! आश्विन कृष्ण चतुर्दशी  महामति श्री प्राणनाथजी महाराजको यस धरातलमा प्राकट्य भएको दिन हो । यस पावन दिनका अवसरमा राजश्यामा धार्मिक बुलेटिन परिवारको तर्फबाट सबैमा कोटी कोटी प्रेम प्रणाम । प्रणाम इन सरूप की इन जुबां, कही न जाए सिफत । सब्दातीत के पार की, सो कहनी जुबां हद इत ।। - बीतक ६२/८ श्री प्राणनाथजीको स्वरूपको महिमा यी शब्दहरूले भन्न सकिन्न किनकि शब्द त यस नश्वर संसारको हो अनि जसको शोभाको वर्णन गर्नु छ उहाँ त शब्दातीत (शब्दभन्दा पर श्री अक्षर ब्रह्म) भन्दा पर हुनुहुन्छ । यस्ता अलौकिक अक्षरातीत स्वरूप यस धर्तीमा आउनु भएको दिन हो आज । धंन धंन ब्रह्मांड ए हुआ, धंन धंन भरथ खंड । धंन धंन जुग सो कलजुग, जहां लीला प्रचंड ।। - प्रकास हि. ३१/१३३ जुन लोकमा परमात्मा स्वरूप श्री प्राणनाथजीको अलौकिक लीला भइरहेको छ, त्यो ब्रह्माण्ड धन्य-धन्य छ । भारत वर्षको भूमि पनि धन्य...

बाईजूराजको केन्द्रीय अधिवेशन सम्पन्न ✍

Image
श्रीकृष्ण प्रणामी बाईजूराज महिला समिति नेपालकाे दर्ताकाे हिसाबले चाैथाे वार्षिक तथा दाेस्राे अधिवेसन र कार्यकाे हिसाबले २०औँ वार्षिक साधारण सभा  नवतनधामका गादीपति श्री १०८ अमृतराजजी महाराज तथा महन्त श्री १०८ पुरुषाेत्तमजी महाराजकाे समुपस्थितिमा कागेश्वरी मनाेहरा  नगरपालिकाका उप प्रमुख श्री शान्ति थापाकाे प्रमुख अतिथ्य र श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका अध्यक्ष श्री श्यामकृष्ण शर्माकाे विशिष्ट आतिथ्यमा एवम् विश्व हिन्दु महासंघका कार्यवाहक अध्यक्ष अस्मिता भण्डारी तथा युवा परिषद् नेपालका केन्द्रीय अध्यक्ष लगायत पदाधिकारीसहित बाईजूराजका ईकाई तथा जिल्लाबाट पाल्नुहुने प्रतिनिधि, पर्यवेक्षकसहितकाे उपस्थतिमा अत्यन्त भव्यताका साथ २०८१ आश्विन १ र २ गते सम्पन्न भएकाे छ । अधिवेशमा विधान बमाेजिम २७ सदस्यीय कार्यसमिति प्रेम, समर्पण र त्यागकाे ज्वलन्त उदाहरण दिँदै सहमतिमा सम्पन्न भएकाे  छ । उक्त अवसरमा विभिन्न महानुभावहरूलाई सम्मान गरिएकाे थियाे । हाल श्रीकृष्ण प्रणामी बाईजूराज महिला समिति नेपालले आफ्ना मातहतमा रहेका ३० जिल्ला समिति र १३९ इकाई...

हार्दिक बधाई तथा शुभकामना ✍

Image
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्ष जस्तो गरिमामय पदमा मदनकृष्ण शर्मा निर्वाचित हुनुभएको छ ।  हालै सम्पन्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको २९ औं साधारण सभाबाट उहाँ १३औं अध्यक्षमा निर्वाचित हुनुभएको हो । शर्माले २९ मत ल्याउँदा उनका प्रतिस्पर्धी किरन थापाले १५ मत प्राप्त गरेका थिए । मतदानमा जम्मा ४६ मत खसेको थियो । अध्यक्षसँगै ७ जना सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् । उक्त संस्थामा दुई वर्षे कार्यकाल रहेको छ भने अध्यक्षले उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष निर्वाचित सदस्य मध्येबाट चयन गर्ने व्यवस्था छ । नव निर्वाचित अध्यक्ष मदनकृष्ण शर्मा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका पूर्व केन्द्रीय अध्यक्ष हुनुहुन्छ । उहाँलाई राजश्यामा धार्मिक बुलेटिन परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । प्रणाम प्रमुख सम्पादक : राजुप्रसाद भट्टराई, विराटनगर ।

श्रीकृष्ण पूर्णब्रह्म परमात्मा

Image
 ✍ अनन्तश्री विभूषित जगद्गुरु आचार्य श्री कृष्णमणिजी महाराज । पूर्णब्रह्म परमात्मा विश्व ब्रह्माण्डके एकमात्र स्वामी हैं । वे सत् चिद् एवं आनन्द स्वरूप हैं । उनको श्री कृष्ण नामसे पुकारा गया है। श्री कृष्ण शब्दकी व्याख्या इस प्रकार की गई है, कृषिर्भू वाचकः शब्दः, णश्च निवृत्ति वाचकः ।. तयोरैक्यं कृष्णनाम, पूर्णं ब्रह्म सनातनम् ॥ कृष् शब्दका अर्थ होता है सत्ता । सत्ता चेतनाकी होती है। कृष् वह चेतन है जो सभी चेतनाओंके मूलमें है। ण का अर्थ होता है निवृत्ति अर्थात् आनन्द । जिसकी एकमात्र सत्ता है, जो सभी चेतनाओंके मूलमें हैं और आनन्द स्वरूप हैं ऐसे सनातन पूर्णब्रह्म परमात्मा श्री कृष्ण हैं। परमात्मा एक हैं, अद्वितीय हैं (एकमेवाद्वितीयम्) । उनको शास्त्रों में पूर्णब्रह्म ( पूर्णंब्रह्म सनातनम्), पूर्णपुरुषोत्तम, उत्तम पुरुष (उत्तमः पुरुषस्त्वन्यः परमात्मेत्युदाहृतः), अक्षरातीत (अक्षरातीतोऽयं पुरुषः), परम सत्य ( एकं सत्) आदि अनेक संज्ञाद्वारा सम्बोधित किया है। श्री कृष्ण प्रणामी धर्ममें उनको श्री कृष्ण अथवा श्री राज शब्द के द्वारा सम्बोधन करनेका तात्पर्य यह है कि उनकी एकमा...

हार्दिक बधाई तथा शुभकामना

Image
श्रीकृष्ण प्रणामी बाईजूराज महिला समिति नेपालको २०८१ असोज १ र २ गते श्री नवतनधाममा सम्पन्न भएको दोस्रो केन्द्रीय महाधिवेशनबाट मिरा खतिवडा सन्जेल सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित हुनुभएकाले उहाँको सम्पूर्ण टिमलाई 'राजश्यामा' धार्मिक बुलेटिन परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ । प्रणाम  प्रमुख सम्पादक : राजुप्रसाद भट्टराई,  विराटनगर ।

✍ नवतनधाम व्यवस्थापन समिति

Image
श्रीकृष्ण प्रणामी सेवासमिति नेपालको विधान २०२३ (आठौँ संसोधन ) को परिछेद ५ दफा २४ को उपदफा १ र श्रीकृष्ण प्रणामी सेवासमिति नेपालको नियमावली २०८० को परिच्छेद ६ को दफा २० र २१ मा भएको प्रावधान बमोजिम गादीपति श्री १०८ अमृतराजजी महाराजजीको संयोजकत्वमा गठित छनोट समितिद्वारा चयन गरी उहाँकै मुखारबिन्दबाट घोषणा भएको छ । नवगठित १७ सदस्यीय व्यवस्थापन समितिमा संयोजक श्याम के.सी रहनु भएको छ भने १२ जना पदेन सदस्य समेत गरी कुल २९ जनाको नवतनधाम व्यवस्थापन समिति गठन भएको छ । विधानको आठौँ संशोधनले व्यवस्था गरे अनुसार श्री नवतनधाम केन्द्रीय धामको स्तरमा केन्द्रीय समितिको प्रत्यक्ष निर्देशनमा संचालन हुने भएको छ ।

निजानन्दाचार्य सतगुरु देवचन्द्रजी महाराज ✍

वन्दौं सतगुरु चरणको, करूं सो प्रेम प्रणाम । अशुभ हरण मंगल करण, श्री देवचन्द्रजी नाम ।।  परम वन्दनीय सुन्दरसाथजी ! भोलि निजानन्दाचार्य सद्गुरु श्री देवचन्द्रजी महाराजको ३६९ औँ पुण्यतिथि हो । सबैमा म राजुप्रसाद भट्टराईको कोटी कोटी प्रेम प्रणाम 🙏  सम्वत सत्रह बारोतरे वरष, भादों मास उजाला पख । चतुर्दशी बुधवारी भई, सनंध सबै विहारीजीको कही ।।  मध्यरात पीछे कियो परियाण,  विहारीजीको सुध भई कछु जान ।  सम्वत सत्रह सै बारोत्तरे, भादों मास उजाला पख । चतुर्दशी बुधवार को, हुए धनी अलख ।।  बरस चौहत्तर में, न्यून भया एक मास । तब सौंप चले श्री मिहिराजको, उम्मत खासल खास ।।  बरस चौबीस मास दस, ऊपर भये पाँच दिन । तहाँ लों सोहबत रहे, बीच गिरोह मोमिन ।। - श्री लालदास वीतक  संक्षिप्त परिचय ✍  श्री निजानन्दाचार्य सद्गुरु श्री देवचन्द्रजीका जन्म मारवाडको उमरकोट गाँउमा विक्रम सम्वत् १६३८ (ई.स. १५८१) आश्विन शुक्ल चौदश (चतुर्दशी) तिथि गुरुवारको दिन प्रातः चार बजे भएको थियो ।  सम्वत सोलह सै अड़तीसे, आसो सुदि चौदस में । जनम दिन श्री देवचन्द्रजी, आए प्रगटे मारवाडमें ।।...