✍ नवतनधाम व्यवस्थापन समिति
श्रीकृष्ण प्रणामी सेवासमिति नेपालको विधान २०२३ (आठौँ संसोधन ) को परिछेद ५ दफा २४ को उपदफा १ र श्रीकृष्ण प्रणामी सेवासमिति नेपालको नियमावली २०८० को परिच्छेद ६ को दफा २० र २१ मा भएको प्रावधान बमोजिम गादीपति श्री १०८ अमृतराजजी महाराजजीको संयोजकत्वमा गठित छनोट समितिद्वारा चयन गरी उहाँकै मुखारबिन्दबाट घोषणा भएको छ । नवगठित १७ सदस्यीय व्यवस्थापन समितिमा संयोजक श्याम के.सी रहनु भएको छ भने १२ जना पदेन सदस्य समेत गरी कुल २९ जनाको नवतनधाम व्यवस्थापन समिति गठन भएको छ । विधानको आठौँ संशोधनले व्यवस्था गरे अनुसार श्री नवतनधाम केन्द्रीय धामको स्तरमा केन्द्रीय समितिको प्रत्यक्ष निर्देशनमा संचालन हुने भएको छ ।
Comments
Post a Comment