हार्दिक बधाई तथा शुभकामना ✍
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्ष जस्तो गरिमामय पदमा मदनकृष्ण शर्मा निर्वाचित हुनुभएको छ । हालै सम्पन्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको २९ औं साधारण सभाबाट उहाँ १३औं अध्यक्षमा निर्वाचित हुनुभएको हो । शर्माले २९ मत ल्याउँदा उनका प्रतिस्पर्धी किरन थापाले १५ मत प्राप्त गरेका थिए । मतदानमा जम्मा ४६ मत खसेको थियो । अध्यक्षसँगै ७ जना सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् । उक्त संस्थामा दुई वर्षे कार्यकाल रहेको छ भने अध्यक्षले उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष निर्वाचित सदस्य मध्येबाट चयन गर्ने व्यवस्था छ । नव निर्वाचित अध्यक्ष मदनकृष्ण शर्मा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका पूर्व केन्द्रीय अध्यक्ष हुनुहुन्छ । उहाँलाई राजश्यामा धार्मिक बुलेटिन परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । प्रणाम
प्रमुख सम्पादक : राजुप्रसाद भट्टराई, विराटनगर ।
Comments
Post a Comment