बाईजूराजको केन्द्रीय अधिवेशन सम्पन्न ✍
श्रीकृष्ण प्रणामी बाईजूराज महिला समिति नेपालकाे दर्ताकाे हिसाबले चाैथाे वार्षिक तथा दाेस्राे अधिवेसन र कार्यकाे हिसाबले २०औँ वार्षिक साधारण सभा नवतनधामका गादीपति श्री १०८ अमृतराजजी महाराज तथा महन्त श्री १०८ पुरुषाेत्तमजी महाराजकाे समुपस्थितिमा कागेश्वरी मनाेहरा नगरपालिकाका उप
प्रमुख श्री शान्ति थापाकाे प्रमुख अतिथ्य र श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका अध्यक्ष श्री श्यामकृष्ण शर्माकाे विशिष्ट आतिथ्यमा एवम् विश्व हिन्दु महासंघका कार्यवाहक अध्यक्ष अस्मिता भण्डारी तथा युवा परिषद् नेपालका केन्द्रीय अध्यक्ष लगायत पदाधिकारीसहित बाईजूराजका ईकाई तथा जिल्लाबाट पाल्नुहुने प्रतिनिधि, पर्यवेक्षकसहितकाे उपस्थतिमा अत्यन्त भव्यताका साथ २०८१ आश्विन १ र २ गते सम्पन्न भएकाे छ ।
अधिवेशमा विधान बमाेजिम २७ सदस्यीय कार्यसमिति प्रेम, समर्पण र त्यागकाे ज्वलन्त उदाहरण दिँदै सहमतिमा सम्पन्न भएकाे छ । उक्त अवसरमा विभिन्न महानुभावहरूलाई सम्मान गरिएकाे थियाे ।
हाल श्रीकृष्ण प्रणामी बाईजूराज महिला समिति नेपालले आफ्ना मातहतमा रहेका ३० जिल्ला समिति र १३९ इकाई समितिसँग आवद्ध रही कार्य गरिरहेकाे छ । नव निर्वाचित अध्यक्ष पदमा मिरा सञ्जेल सर्व सम्मत चयन हुनु भएको छ भने अन्य पदाधिकारीहरूमा निवर्तमान अध्यक्ष शारदा शर्मा, उपाध्यक्षहरूमा शारदा अधिकारी, मिरा तिमल्सिना, सुनिता रिमाल, पुष्पा तिमल्सिना र लीला थारू रहनु भएको छ । यसै गरी महासचिवमा सविता प्रसाई, उपमहासचिवमा अनिता पाैडेल, काेषाध्यक्षमा किरण दाहाल, सहकोषाध्यक्षमा भानु बराल, सदस्यहरूमा बन्दना बजगाई, जमिला पाेखरेल, निर्मला थापा, शाेभा ओली, जशाेदा तिम्सिना, विमला श्रेष्ठ, लक्ष्मी केसी र पूर्णकुमारी ढकाल निर्वाचित हुनुभएको छ । गमला रिजाल, चन्द्रमा पाण्डे, रेवा सिलवाल, देवी कुमारी खतिवडा, सावित्री तिमल्सिना र जानुका देवी विष्टलाई सदस्य पदमा मनाेनयन गरिएकाे छ । अन्य केही सदस्यहरू मनाेनयन गर्न बाँकी रहेको कुरा जानकारीमा आएको छ । नवनिर्वाचित सबै पदाधिकारीहरूलाई राजश्यामा धार्मिक बुलेटिन परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । प्रणाम
प्रमुख सम्पादक : राजुप्रसाद भट्टराई, विराटनगर ।
Comments
Post a Comment