✍ युवा परिषद् मोरङको अधिवेशन सम्पन्न
२०८१ भाद्र १५ गतेका दिन श्रीकृष्ण प्रणामी मन्दिर सलकपुरमा सम्पन्न श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला कार्य समिति मोरङको ३४औँ जिल्ला वार्षिक साधारण सभा तथा १३औँ जिल्ला अधिवेशनले माधव भट्टराईको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति गठन गरेको छ । उक्त कार्यक्रममा सलकपुर मन्दिरका महन्त मनोज मधुकर महाराज, प्रमुख अतिथि सुन्दर हरैचा वडा नम्बर १२ का अध्यक्ष रोसन ढकाल, विशिष्ट अतिथि श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका केन्द्रीय अध्यक्ष जगदीश चन्द्र शर्मा, विशेष अतिथि पूर्व अध्यक्ष नमराज ढकाल, केन्द्रीय महासचिव सुजन सुबेदी, प्रदेश नम्बर एकका अध्यक्ष अनिल ढुङ्गाना, सेवा समिति नेपाल मोरङ जिल्लाका अध्यक्ष श्यामप्रसाद आचार्य, सलकपुर मन्दिरका अध्यक्ष कृष्णप्रसाद बास्तोलालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । विराटनगर प्रा.स. अध्यक्ष राज ढकाल, सलकपुर प्रा.स. अध्यक्ष प्रितम गौतम, भलुवा मंगलबारे प्रा.स. अध्यक्ष लक्ष्मण चौलागाईंले आआफ्नो प्रा.स.को तर्फबाट कार्य पत्र प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा मोरङ जिल्ला उपाध्यक्ष रत्नकुमार डाँगीले स्वागत मन्तव्य राख्नुभएको...