दुई महान आत्माको मिलन ✍


मरूदेशे कुले शुद्धे नृरूपं सा धरिष्यति । चन्द्रनामा पुमाल्लोके हरिष्यत्यशुभां गतिम ।। - नारद पञ्चरात्र

मरूदेशको शुद्ध चन्द्रकुलमा देवचन्द्र नामले मनुष्य रूप धारण गरेर स्वयं परमात्माको अवतार हुनेछ । यसै गरी पद्ममावतिपुरीको केन नदिको किनारमा इन्द्रावती देवी कलियुगमा अवतार  लिनेछिन् ।
शास्त्रको यही  वाक्य अनुरूप वि.स. १६३८ असोज शुक्ल चतुर्दशी तिथिका दिन मारवाड देशको कायस्थ चन्द्रवंशी कुलमा पिता मतु मेहेता र माता कुँवरवाईको घरमा उज्यालो पार्दै सदगुरू देवचन्द्रजी जो परमधाममा श्यामा महारानी आलादीनी शक्तिको रूपमा रहनु हुन्थ्यो वहाँ कै शक्तिको रूपमा देवचन्द्रजीको रूपमा प्रगट हुनुभयो । पाँच वर्षको उमेरदेखि नै आत्मा के हो ? शरीर के हो ? संसार कसले बनायो ? यी सबका मालिक को हुन् ? यस्ता प्रश्न मनमा उत्पन्न हुन थाल्दछ र यसको उत्तर म को बाट पाउँछु भन्दै आमाबाबा घर गाउँमा सबै सँगै खोज गर्नु लाग्नुभयो । अन्तत: कसैबाट उत्तर नपाए  पछि करिब १७ वर्षको उमेरमा घरबाट निस्कनु हुन्छ । विभिन्न मठ मन्दिर मस्जिद संत महन्त सबैसँग खोजी गर्दै जाँदा २५ वर्षको उमेरमा जामनगरमा पुगी त्यहाँ १४ वर्षसम्म निरन्तर भागवत कथा श्रवण गरी श्रीकृष्णको साक्षात्कार दर्शन गरी आत्माको वास्तविकता मूल घर परमधाममा आत्मा जागृति गराउनु हुन्छ ।
यसै गरी वि.स. १६७५ सालमा जामनगरका सुर्यवंशी मन्त्री केशव ठाकुर एवं धनवाईका कोखबाट आश्विन कृष्ण चतुर्दशीका दिन मेहेराज ठाकुरको प्रादुर्भाव हुन्छ । परमधामकी साक्षात् इन्द्रावतीको आत्मामा परमधाम बाट श्रीराज्जी (श्रीकृष्ण) यो धर्तीमा प्राणनाथजी (श्री मिहेराज) को नामले चिनिनु हुन्छ । जब वहाँ  १२ वर्ष दुई महिना १० दिन हुनुभएको थियोे यही  दिनमा वि.स. १६८७ मार्ग शीर्ष महिनाको शुक्ल पक्ष नवमी तिथिका दिन परमधामका महान आत्मा सदगुरू देवचन्दजी र मेहेराज (प्राणनाथजी) को मिलन हुन्छ । देवचन्द्रजी महाराजले पहिलो नजरमै यिनी त परमधामकी इन्द्रावती सखी भनी तारतम महामन्त्र प्रदान गर्नुहुन्छ । वहाँको सत्संगमा आएपछि मेहेराजलाई सबै कुरा बताएर मपछि बाँकी रहेका धर्मका सम्पूर्ण कार्य तिमीले सम्हाल्नु पर्छ भनी धेरै उपदेश दिनुहुन्छ । देवचन्द्रजी महाराजको धामगमनपछि प्राणनाथजी महाराजले सम्पूर्ण जागनीको भार सम्हाल्नु हुन्छ । प्रणाम
संकलक : राजुप्रसाद भट्टराई, विराटनगर 

Comments

Post a Comment

Popular posts from this blog

बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न ✍

✍ शरद पूर्णिमा

प्राकट्य उत्सव ✍