Posts

Showing posts from August, 2025

✍️ मोरङको ३५औँ वार्षिक साधारण सभा एवम् प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

Image
आज मिति २०८२ भाद्र १४ गते सलकपुरस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला कार्य समिति मोरङको ३५औँ वार्षिक साधारण सभा  अध्यक्ष माधव भट्टराईको अध्यक्षतामा सम्पन्न भएको छ । युवा परिषद् नेपालका केन्द्रीय अध्यक्ष  कौसल फुयाल प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा जिल्ला अध्यक्ष माधव भट्टराईबाट स्वागत तथा प्रतिवेदन प्रस्तुत  गरिएको थियो । युवा परिषद् मोरङको वार्षिक साधारण सभा एवम् कोशी प्रदेश स्तरीय वृहत युवा भेला तथा अन्तरक्रिया कार्यक्रमको सुभारम्भमा प्रमुख अतिथि कौशल फुयालबाट पानसमा दीप प्रज्वलन गरिएको थियो ।  उक्त कार्यक्रममा बाईजूराज महिला समिति नेपालकी केन्द्रीय उपाध्यक्ष पुष्पा तिम्सिना, सेवा समिति नेपालकी केन्द्रीय सदस्य मुना गजुरेल र सलकपुर मन्दिरका अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले शुभकामना मन्तव्य राख्नुभएको थियो । अध्यक्ष यज्ञ ढकालको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा संयोजक युवा परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष मदन अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्...

सलकपुरमा स्वर्ण महोत्सव २०८३

Image

विषय: उपस्थिति भइदिने बारे ।

प्रस्तुत विषयमा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, प्रदेश कार्यसमिति, कोशी प्रदेशको आयोजना तथा केन्द्रिय समिति नेपालको समन्वयमा तल उल्लेखित मिति, स्थान र समयमा नेतृत्व, संगठन सुदृढीकरण र प्रतिवद्धता विषयक अन्तर संवाद कार्यक्रमको आयोजना गरिएकाले उपस्थितिका लागि आयोजकको तर्फबाट सबैमा सादर अनुरोध गरिन्छ । प्रणाम  कार्यक्रम तालिका मिति: २०८२-०५-१४ गते शनिवार स्थान: श्रीकृष्ण प्रणामी मन्दिर, प्रणामी आधम सनकपुर । समय : दिनको १०:३० बजेदेखि ।

✍️ श्री केसरबाई महाराज को हुनुहुन्छ ?

गुजरात प्रान्तको जुनागढ गाउँमा एउटा समृद्ध ब्राह्मण परिवारमा केशरबाईको जन्म भएको मानिन्छ । उहाँ सानैदेखि धार्मिक स्वभावको हुनुहुन्थ्यो । त्यसबेला त्यो भूभागमा कबीर पन्थी, राधा बल्लभी र वैष्णव सम्प्रदायको निकै ठूलो प्रभाव थियो भने उहाँले सर्वाङ्ग (बस्त्रहिन) भएर साध्बी ब्रह्मचार्य जीवन बिताउने एक प्रकारको शैव सम्प्रदायको दीक्षा लिनु भएको थियो । एक दिन केसरबाईजी उहाँका सहयोगी तेजस्बी बाबा र अन्य भक्तजनहरूका साथ जामनगर हुँदै द्वारका धाम दर्शन गर्न निक्लनु हुन्छ । जामनगर का अन्य मठ मन्दिरको दर्शन पश्चात खिजडा मन्दिरमा विश्राम गर्न पुग्नु हुन्छ । त्यतिबेला नवतनपुरी धामलाई खीजडा मन्दिर नामले चिनिन्थियो । करिब ४० वर्ष पुग्न लाग्नु भएकी केसरबाईजी त्यति बेला रातको समयमा ध्यानमा बस्दा नवतनपुरी धामको तल बग्ने जमुनाजीको आवाज सुन्नुभएछ । उहाँलाई ध्यानको क्रममा ब्रज र रासको दर्सन समेत भएको कुरा गुरु परम्परामा सुन्न पाइन्छ ।त्यति बेला खीजडा मन्दिरमा धनीदासजी महाराजजी पुजारी हुनुहुन्थियो । देवचन्द्रजी महाराजलाई ध्यानमा श्रीकृष्णजी मन्त्र दिनु भएको, निजानन्द सम्प्रदाय प्रणामी धर्मको प्रादुर्भाव भएको स्...