✍️ मोरङको ३५औँ वार्षिक साधारण सभा एवम् प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न ।



आज मिति २०८२ भाद्र १४ गते सलकपुरस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला कार्य समिति मोरङको ३५औँ वार्षिक साधारण सभा अध्यक्ष माधव भट्टराईको अध्यक्षतामा सम्पन्न भएको छ । युवा परिषद् नेपालका केन्द्रीय अध्यक्ष कौसल फुयाल प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा जिल्ला अध्यक्ष माधव भट्टराईबाट स्वागत तथा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
युवा परिषद् मोरङको वार्षिक साधारण सभा एवम् कोशी प्रदेश स्तरीय वृहत युवा भेला तथा अन्तरक्रिया कार्यक्रमको सुभारम्भमा प्रमुख अतिथि कौशल फुयालबाट पानसमा दीप प्रज्वलन गरिएको थियो । 
उक्त कार्यक्रममा बाईजूराज महिला समिति नेपालकी केन्द्रीय उपाध्यक्ष पुष्पा तिम्सिना, सेवा समिति नेपालकी केन्द्रीय सदस्य मुना गजुरेल र सलकपुर मन्दिरका अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

अध्यक्ष यज्ञ ढकालको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा संयोजक युवा परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष मदन अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रमको
सहजीकरण युवा परिषद्का सल्लाहकार सुभाष रिजालले गर्नुभएको थियो । उक्त कार्यक्रममा १५ जनाभन्दा बढी महानुभावहरूले आ-आफ्ना अमूल्य सुझावहरू राख्नुभएको र आयोजक परिवारको तर्फबाट उत्तर दिने प्रयास गरिएको थियो । कार्यक्रम संचालक प्रदेश सचिव नरोत्तम श्रेष्ठ रहनु भएको थियो । प्रणाम 

Comments

Popular posts from this blog

बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न ✍

✍ शरद पूर्णिमा

प्राकट्य उत्सव ✍