✍ अहिंसा सचेतना कार्यक्रम सम्पन्न


श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल, प्रा.स. विराटनगरको आयोजनामा मिति २०८१ साल कार्तिक २५ गतेका दिन साँझपख श्रीराधाकृष्ण प्रणामी मन्दिर, विराटनगरमा अहिंसा सचेतना एवम् पर्यावरण संरक्षण अभियान कार्यक्रम अन्तर्गत प्रोजेक्टरबाट करिब डेढ घण्टाको चेतनामूलक वृत्तचित्र प्रदर्शन एवम् अन्तरक्रिया कार्यक्रम गरी सम्पन्न भएको छ । उक्त कार्यक्रममा भारत गुजरातबाट शाकाहारी अभियन्ता कपिल ठक्कर एवम् युवा परिषद्का पूर्व केन्द्रीय अध्यक्ष एवम् शाकाहारी  अभियन्ता मातृका प्याकुरेलको विशेष उपस्थिति रहेको थियो । युवा परिषद् विराटनगर प्रा.स. का अध्यक्ष राज ढकालले संचालन गर्नुभएको उक्त कार्यक्रममा शाकाहारी अभियन्ताद्वयलाई विराटनगर युवा परिषद्को तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । करिब साठी जनाभन्दा बढी विभिन्न महानुभावहरूको सहभागिता रहेको उक्त कार्यक्रममा अभियन्ताहरूको तर्फबाट शाकाहारी सम्बन्धी नारा लेखिएको डटपेन समेत वितरण गरिएको थियो । प्रणाम
समाचार : राजुप्रसाद भट्टराई, विराटनगर ।

Comments

Popular posts from this blog

बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न ✍

✍ शरद पूर्णिमा

✍️ मोरङको ३५औँ वार्षिक साधारण सभा एवम् प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न ।