बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न ✍


श्रीकृष्ण प्रणामी संरक्षण सेवा समिति, श्रीकृष्ण प्रणामी मन्दिर बाल सेवा आश्रम, सुन्दर हरैचा -९ को आयोजनामा आज मिति २०८१ कार्तिक २६ गतेका दिन श्रीकृष्ण प्रणामी समाजको सेवामा समर्पित विभिन्न तहका समितिमा नव नियुक्त सम्पूर्ण पदाधिकारीहरूको (विशेष गरी कोशी प्रदेशमा रहेका) सम्मानमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
श्रीकृष्ण प्रणामी संरक्षण सेवा समिति, श्रीकृष्ण प्रणामी मन्दिर बाल सेवा आश्रम, सुन्दर हरैचा -९ का अध्यक्ष कृष्णप्रसाद शर्माज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सुन्दर हरैचाका नगर प्रवक्ता एवम् १२ नम्बर वडा अध्यक्ष रोसन ढकाल प्रमुख अतिथि रहनु भएको थियो । उक्त कार्यक्रममा विशेष अतिथि मनोज मधुकर महाराज, विशिष्ट अतिथि सेवा समिति नेपालका केन्द्रीय उपाध्यक्ष शारदाप्रसाद थपलिया, अतिथिमा सेवा समिति नेपालका केन्द्रीय संरक्षण परिषद्का सदस्य प्रेमप्रसाद दंगाल, सेवा समिति नेपालका केन्द्रीय सदस्य हरि कडरिया, मुना गजुरेल, डम्बर कटुवाल र तुलसी भट्टराई, युवा परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष टंक ओझा, युवा परिषद् केन्द्रीय सदस्य गोकुल कोइराला, बाईजूराज महिला समिति नेपालकी केन्द्रीय उपाध्यक्ष पुष्पा तिम्सिना, सेवा समिति नेपाल मोरङका अध्यक्ष शरण भट्टराई, बाईजूराज महिला समिति नेपाल मोरङकी अध्यक्ष देवी खनाल, युवा परिषद् मोरङका अध्यक्ष माधव भट्टराई लगायत अन्य विशिष्ट महानुभावहरूको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि रोसनप्रसाद ढकालबाट पानसमा बत्ती बालेर शुभारम्भ गरिएको बधाई तथा शुभकामना कार्यक्रममा स्वागत मन्तव्य आयोजक संस्थाका उपाध्यक्ष मातृकाप्रसाद ढकालले राख्नुभएको थियो ।
कार्यक्रमको औचित्य बारे अध्यक्ष कृष्णप्रसाद शर्माले प्रकास पार्नु भएको थियो । वहाँले शुभकामना मन्तव्य सहित आगामी २०८३ सालको अक्षय तृतीयको दिन समाप्त हुने गरी मन्दिरले स्वर्ण महोत्सव मनाउन लागि रहेको कुरा जानकारी गराउँदै सबैबाट सहयोगको अपेक्षा राखिएको कुरा व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको शुभारम्भमा सन्जु ढकाल र कुसुम सुबेदी स्वागत गीत प्रस्तुत गर्नु भएको थियो ।
बाईजूराज महिला केन्द्रीय उपाध्यक्ष पुष्पा तिम्सिना, युवा परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष टंक ओझाले शुभकामना मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा मन्तव्यका क्रममा विशिष्ट अतिथि सेवा समिति नेपालका केन्द्रीय उपाध्यक्ष शारदाप्रसाद थपलियाले सेवा समिति नेपालका गतिविधिका बारेमा प्रकास पार्नु भएको थियो । वहाँले मन्तव्यका क्रममा नेपालमा हाल जम्मा एक सय उन्सत्तरी मन्दिर रहेका, २७१ स्थानमा सेवा समिति नेपाल पुगेको भन्दै सलकपुर मन्दिरको स्वर्ण महोत्सव सफल पार्न सबै लाग्नु पर्ने कुरा समेत राख्नुभएको थियो ।
प्रमुख अतिथि रोसनप्रसाद ढकालले नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिँदै प्रणामी समाजले अब टोल टोलमा दुर्व्यसन विरुद्ध जन जागरण एवम् जनचेतना कार्यक्रम चलाउनु पर्ने साथै सुन्दर हरैचा नगरपालिकाको तर्फबाट आगामी स्वर्ण महोत्सवका लागि आवश्यक पर्ने सहयोग जुटाउन आफूले सक्दो सहयोग गर्ने बताउनु भएको थियो । प्रणामी समाजका विभिन्न समितिमा नव निर्वाचित करिब एक सय जनाभन्दा बढी पदाधिकारीहरूलाई सम्मान गरिएको उक्त कार्यक्रम सलकपुर मन्दिरका सचिव युवराज पौडेलले संचालन गर्नु भएको थियो । प्रणाम
समाचार : राजुप्रसाद भट्टराई, प्रमुख सम्पादक राजश्यामा धार्मिक बुलेटिन ।



Comments

Popular posts from this blog

✍ शरद पूर्णिमा

प्राकट्य उत्सव ✍