✍ शरद पूर्णिमा

शरद् पूर्णिमा महोत्सवको पावन उपलक्ष्यमा सबैमा मेरो कोटी कोटी प्रेम प्रणाम 🙏

संक्षिप्त परिचय : शरद् पूर्णिमाको शुभ दिन योगमायाको ब्रह्माण्डमा साँझपख श्रीकृष्णजीले आफ्नो वेणुनादबाट मधुर स्वर बजाउनु भयो । बाँसुरीको त्यो आवाज सुनेर गोपिनीका रूपमा रहेका परमधामका सबै सखीहरू बाँसुरीको आवाज बजेतिर अर्थात् वृन्दावनतिर दौडन थाले । त्यहाँ गएर श्री अनादि अक्षरातीत धामधनीसँग महारासमा समावेश भए । परमधामका आत्माहरूको विछोड पछिको परमात्मासँग मिलन भएको रात हो शरद पूर्णिमा । यसै दिन आनन्द उमङ्गका साथ रामत खेलेर सखीहरूले आफ्ना प्राणपति धामधनीसँग महारास खेलेर आनन्द उत्सव मनाएका थिए ।
शरद् पूर्णिमाको दिन निजानन्द सम्प्रदायमा आवद्ध भक्त समुदाय भेला भएर श्री १०८ प्राणनाथ मन्दिर पन्ना धाम, मध्य प्रदेशमा विशेष उत्सव मनाइन्छ जहाँ महामति 
श्री प्राणनाथजी महाराजले परमधामको आनन्द अनुभूति गराउनु भएको थियो । 

✍ महारास
शरद् निसा रे पूनम तणी,
आव्यो ते आसो रे मास ।
सकल कलानो चन्द्रमाँ,
एणी रजनीए कीधो रे रास ll

शरद् रैन पूनम मन भायो,
मुकुट बांध के रास खिलायो ।।
जो सरूप खेल्यो वृन्दावन माहें,
सो सरूप फिर खेल्यो इत आई ।।

✍ जागनी रास
रास खेलते उमेदा रही तित,
सो ब्रह्मसृष्टि सब आईयां इत ।
यामें सूरत श्यामाजी की सार,
मत्तु  मेहता घेर  अवतार ।।

कुंवरबाई माता को नाम,
उत्तम कायस्थ उमरकोट गाम ।
आए श्री देवचन्द्र नवतनपुरी,
सुख सबन को देने देह धरी ।। 
संकलक : राजुप्रसाद भट्टराई,  विराटनगर ।                                  

Comments

Popular posts from this blog

बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न ✍

प्राकट्य उत्सव ✍