प्राकट्य उत्सव ✍

वन्दौं सतगुरु चरणको, करूं सो प्रेम प्रणाम ।
अशुभ हरण मंगल करण, श्री देवचन्द्रजी नाम ।। 

परम वन्दनीय सुन्दरसाथजी ! आश्विन शुक्ल चौदश (चतुर्दशी) तिथि निजानन्दाचार्य सद्गुरु श्री देवचन्द्रजी महाराजको ४४३औँ प्राकट्योत्सवको पावन दिन हो । सबैमा म राजुप्रसाद भट्टराईको तर्फबाट कोटी कोटी प्रेम प्रणाम एवम् विजया दशमी २०८१ को हार्दिक मंगलमय शुभकामना 🙏 

सम्वत सोलह सै अड़तीसे, आसो सुदि चौदस में ।
जनम दिन श्री देवचन्द्रजी, आए प्रगटे मारवाडमें ।। 

जब जन्में मारवाडमें, घर अति आनन्द नरनार ।
यह बधाई ब्रह्माण्ड में, त्रिगुण समेत विस्तार ॥ 

श्री देवचन्द्रजी निजानन्द, जिन प्रगट करी संप्रदाय येह ।
तिनथें हमे यह लखि, हम द्वार पावें अब तेह ।। 

गुरु कंचन गुरु पारस, गुरु चन्दन परमान ।
तुम सतगुरु दीपक भये, कियो जो आप समान ।। 

संक्षिप्त परिचय ✍
श्री निजानन्दाचार्य सद्गुरु श्री देवचन्द्रजीका जन्म मारवाडको उमरकोट गाँउमा विक्रम सम्वत् १६३८ (ई.स. १५८१) आश्विन शुक्ल चौदश (चतुर्दशी) तिथि गुरुवारको दिन प्रातः चार बजे भएको थियो ।
निजानन्दाचार्य श्री देवचन्द्रजी महाराज पाँच वर्षको अवस्थादेखि नै म को हूँ ? यो संसार के हो ?  जस्ता गूढ़ तत्त्वको खोजमा लाग्नुभयो । वहाँ ज्ञानको खोजीका निमित्त सानै उमेरमा आफ्नो उमरकोट गाँउ छोडेर कच्छ भूज पुग्नु भयो । केही वर्षको खोजी पश्च्यात वहाँ जामनगर पुग्नुभयो । जामनगरको श्री श्याम सुन्दरजीको मन्दिरमा श्री कान्हजी भट्ट श्रीमद्भागवत कथा गर्नुहुन्थ्यो । श्री देवचन्द्रजी महाराजले चौदह वर्ष पर्यन्त पूरा निष्ठाका साथ श्रीमद्भागवत कथा सुन्ने क्रममा अक्षरातीत पूर्णब्रह्म परमात्मा श्रीकृष्णजीले वि.सं. १६७८ मा प्रत्यक्ष दर्शन दिएर आत्माको पहिचान गराउनु भयो अनि श्री तारतम महामन्त्र प्रदान गरेर परमधामबाट आएका ब्रह्मात्माहरूको जागनीको कार्य सुम्पदै तथा स्वयं  सद्गुरुको हृदयमा विराजमान हुनुभयो । 
त्यस समयदेखि श्री देवचन्द्रजी महाराजलाई धनी श्री देवचन्द्रजी महाराज भनिएको हो । 
पूर्णब्रह्मको आज्ञाले वहाँ सत्संग चर्चा गर्न लाग्नुभयो । जामनगरका नगर शेठ श्री गांगजीभाई जो देवचन्द्रजी महाराजका साथ श्री कानजी भट्टसँग भागवत कथा सुन्न जानुहुन्थ्यो वहाँ नै श्री देवचन्द्रजी महाराजको प्रथम शिष्य बन्नुभयो । श्री गांगजी भाईले आफ्नो घरमा सत्संग चर्चाको व्यवस्था मिलाइदिनु भयो । यस प्रकार निजानन्दाचार्य श्री देवचन्द्रजी महाराजले करीब नौ वर्ष पर्यन्त आफ्नो घर तथा श्री गांगजी भाईको घरमा रहेर सत्संग चर्चा गर्नुभयो । वर्तमान समयमा श्री देवचन्द्रजी महाराजको घरलाई श्री राज मन्दिर तथा श्री गांगजी भाईको घरलाई श्री चाकला मन्दिर भनिन्छ । 
निजानन्दाचार्य श्री देवचन्द्रजी महाराजलाई धर्मपीठको स्थापना गर्नका लागि पूर्णब्रह्म परमात्मा श्रीकृष्णजीको असीम कृपा भई नजिकैको बगैँचा जुन गंगाजी भाईको थियो जहाँ वहाँ वर्षौँ पहिलेदेखि घुम्न जानुहुन्थ्यो । 
त्यही स्थानमा शुभ अवसर पारेर पृथ्वी परिक्रमाको दिन वि. सं. १६८७ कार्तिक पूर्णिमाको दिन निजानन्दाचार्य श्री देवचन्द्रजी महाराजले श्रीकृष्ण प्रणामी धर्म निजानन्द सम्प्रदायको आचार्य पीठको रूपमा श्री ५ नवतनपुरीधामको स्थापना गर्नुभयो । श्री देवचन्द्रजी महाराज जब यो बगैँचामा घुम्न जानुहुन्थ्यो त्यसबेला त्यहाँ एउटा खीजडा (खीजडाको वृक्षलाई संस्कृतमा शमी भनिन्छ ।) को  वृक्ष थियो । वहाँले त्यसै वृक्षको एउटा सानो टुक्राले दातौन गरेर जमिनमा गाडिदिनु भएको थियो पछि त्यसैले ठूलो वृक्षको आकृति लियो । ती खीजड़ा (शमी) का दुई वृक्षहरू जुन आज पनि नवतनपुरीधाममा यथावत् रहेका छन् ।
यसै वृक्षको समीप श्री देवचन्द्रजी महाराजले मन्दिर स्थापना गर्नुभएको थियो । वहाँले कथा चर्चाको क्रममा सुन्दरसाथहरूलाई परमधामको जमुनाजीको प्रत्यक्ष दर्शन यसै स्थानमा गराउनु भएको थियो । मन्दिर तथा श्री जमुनाजीको प्राकट्य स्थान आज पनि यथावत छ । खीजड़ाको वृक्षका साथ जोडिएको मन्दिर भएकाले स्थानीय मानिसहरू यस मन्दिरलाई खीजड़ा मन्दिर भनेर चिन्दछन्  । श्री देवचन्द्रजी महाराजलाई बस्नका लागि एवं गादीका लागि पर्णकुटी बनाइएको हुनाले आज गादी मन्दिरको रूपमा प्रसिद्ध छ । श्री ५ नवतनपुरीधाम श्रीकृष्ण प्रणामी धर्म निजानन्द सम्प्रदायको आचार्य गादी पीठ हो ।
वि.सं. १६८७ मार्ग शीर्ष शुक्ल नमवीको दिन १२ वर्ष २ महिना १० दिनको उमेरमा श्री मिहिरराज ठाकुर अनि निजानन्द स्वामीजीको प्रथम दिव्य मिलन भएको थियो । तत्पश्चात् निरन्तर सम्वत १७१२ सम्म सद्गुरुजीको सानिध्यमा रहेर श्री मिहिर राजजीले आफ्नो आत्मामा ज्ञानको दिव्य आलोक यसै स्थानमा सजाउनु भयो । 
अन्तमा सद्गुरु श्री निजानन्द स्वामीजीले धर्मप्राण श्री मिहिरराज ठाकुरलाई बोलाएर जीवनभरको आर्जित परम आध्यात्मिक अखण्ड ज्ञानमयी सम्पत्ति यसै स्थानमा सुम्पनु भयो र विश्व जागनीको उत्तरदायी बनाउनु भयो । लगातार बाईस दिनसम्म आध्यात्मिक गुह्य तत्त्व एवं भावी योजनाका बारेमा मार्ग प्रशस्त गरेर श्री देवचन्द्रजीको परम पवित्र आत्मा ५ अक्टूबर १६५५ ई.स. मा आफ्नो नश्वर कलेवर त्यागेर श्री मिहिरराजको हृदयमा विराजमान हुनुभयो । 

सम्वत सत्रह बारोतरे वरष, भादों मास उजाला पख ।
चतुर्दशी बुधवारी भई, सनंध सबै विहारीजीको कही ।। 

सम्वत सत्रह सै बारोत्तरे, भादों मास उजाला पख ।
चतुर्दशी बुधवार को, हुए धनी अलख ।। 

बरस चौहत्तर में, न्यून भया एक मास ।
तब सौंप चले श्री मिहिराजको, उम्मत खासल खास ।। 

बरस चौबीस मास दस, ऊपर भये पाँच दिन ।
तहाँ लों सोहबत रहे, बीच गिरोह मोमिन ।।
- श्री लालदास वीतक 
संकलक  : राजुप्रसाद भट्टराई, विराटनगर ।

Comments

Popular posts from this blog

बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न ✍

✍ शरद पूर्णिमा