✍ कोशी प्रदेशको अध्यक्षमा यज्ञ ढकाल

यही मिति २०८१ साल भाद्र २२ गतेका दिन श्रीकृष्ण प्रणामी मङ्गल मन्दिर सूर्योदय नगरपालिका -३ मेहेलबोटे, इलाममा सम्पन्न श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल कोशी प्रदेशको तेश्रो साधारण सभा तथा दोश्रो प्रदेश अधिवेशनमा अध्यक्ष जस्तो गरिमामय पदमा यज्ञ ढकाल सर्वसम्मत चयन हुनु भएको छ । 
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, इलाम जिल्लाका अध्यक्ष शेखर भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनमा प्रमुख अतिथि सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुरज्यू रहनु भएको थियो भने विशिष्ट अतिथिको रूपमा युवा परिषद् नेपालका केन्द्रीय उपाध्यक्षद्वय टंकप्रसाद ओझा र कौशल फुँयालको उपस्थिति रहेको थियो ।
नव निर्वाचित प्रदेश समितिको उपाध्यक्षद्वयमा मोहन अधिकारी, खगेन्द्र बास्तोला, सचिवमा नरोत्तम श्रेष्ठ, कोषाध्यक्षमा हितेश दाहाल, सह सचिवमा राजु कटेल, सह कोषाध्यक्षमा कमल बहादुर पौडेल चयन हुनु भएको छ भने सदस्य पदमा राजकुमार दाहाल, रामप्रसाद पराजुली, शिव कुमार अग्रवाल, यमुना चापागाँई, सागर आचार्य, मदन लामिछाने, रत्न डाँगी, निरज ढकाल, मिलन ढकाल, दुर्गा निरौला, पदम बहादुर राई, सविता बानिया, टंक मैनाली चयन हुनु भएको छ । 
आध्यात्मिक तथा सामाजिक सेवाका क्षेत्रमा आफ्नो पहिचान राख्न युवा परिषद् सधैँ सकृय र समर्पित रहोस् भन्ने कामना गर्दै निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई सफल कार्यकालको हार्दिक बधाई तथा शुभकामना । प्रणाम 
प्रमुख सम्पादक : राजुप्रसाद भट्टराई, विराटनगर ।





Comments

Popular posts from this blog

✍️ मोरङको ३५औँ वार्षिक साधारण सभा एवम् प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न ✍