✍ अष्ट भिष्त : मुक्तिस्थान
पहिलो भिष्त : सम्पूर्ण ब्रह्मसृष्टिहरू अवस्थित तनको जीवहरूको मुक्तिस्थान । यहाँ इन्द्रावतीले श्रीराजजीको शोभा र सुन्दरबाईले श्यामाजीको शोभा पाउनुहुन्छ । यहाँ ठ्याक्कै परमधामको लिला जस्तै लिलाहरू हुन्छन् ।
बाँकी अन्य सात भिष्तहरूले यहाँ अवस्थित सुन्दरबाई र इन्द्रावतीलाई प्रणाम गर्छन् । यो योगमायाको ब्रह्माण्डमा अवस्थित सत्स्वरूप ब्रह्मको निर्मल चैतन्यमा अखण्ड हुनेछ ।
दोस्रो भिष्त : सम्पूर्ण कुमारीका सखी ईश्वरी सृष्टीहरूले लिला गरेका तनको जीवको मुक्ति स्थान यो हो । यो योगमायाको ब्रह्माण्डमा अवस्थित सत्स्वरूप ब्रह्मको महाकारणमा अखण्ड हुनेछ ।
तेस्रो भिष्त : यो भिष्त मुहम्मदी भिष्त हो जुन मुहम्मद साहेबप्रति इमान र कुरान वातुनी रूपमा बुझ्नेहरूको मुक्ति स्थान हो । यो योगमायाको ब्रह्माण्डमा अवस्थित सबलिक ब्रह्मको निर्मल चैतन्यमा (चित्तमा) अखण्ड भइसकेको छ ।
चौथो भिष्त : यो भिष्त श्री राजजी, श्यामाजी र सखीहरूले अखण्ड रास खेलेको तनको जीवको मुक्ति स्थान हो । यो योगमायाको ब्रह्माण्डमा अवस्थित सबलिक ब्रह्मको महाकारणमा अखण्ड भइसकेको छ । बाँके बिहारी श्रीकृष्णजीको स्थान पनि यही हो ।
पाँचौ भिष्त : यो अखण्ड ब्रज हो । यहाँ बालमुकुन्द श्री कृष्णजी अवस्थित हुनुहुन्छ भने श्री राजजीको जोश द्वारा कालमायाको ब्रह्माण्डमा गरिएको ब्रज लिला यहाँ अखण्ड भएको छ । यो योगमायाको ब्रह्माण्डमा अवस्थित सबलिक ब्रह्मको कारणमा अखण्ड भइसकेको छ ।
छैठौँ भिष्त : यो भिष्त फरिस्ता, देवीदेवताहरूको वासनाको मुक्ति स्थान हो । यो योगमायाको ब्रह्माण्डमा अवस्थित अव्याकृत ब्रह्मको शुद्ध सुक्ष्ममा अखण्ड भइसकेको छ । यसै गरी अव्याकृत ब्रह्मको शुद्ध स्थुलमा पञ्च वासनाहरू महाविष्णु, शिव, सनकादिक, सुकदेव र कविरको स्थान रहेको छ ।
सातौं भिष्त : यो भिष्त ऋषि, मुनि, पैगम्बर आदि जो जो परब्रह्मको खोजमा लागेका छन् उनीहरूको मुक्ति स्थान हो । योगमायाको ब्रह्माण्डमा अवस्थित अव्याकृत ब्रह्मको कारणमा अखण्ड हुनेछ ।
आठौँ भिष्त : पसरसी चौदे भुवन । सम्पूर्ण जीवहरूको मुक्तिस्थान । योगमायाको ब्रह्माण्डमा अवस्थित अव्याकृत ब्रह्मको स्थुलमा यो अखण्ड हुनेछ ।
माथि उल्लेखित ३,४,५,६ भिष्तहरू अखण्ड भइसकेका भने १,२,७,८ अखण्ड हुन बाँकी रहेका छन् । सातौँ दिनको लीलापछि यी भिष्तहरू पनि अखण्ड हुनेछन् भनेर महामति श्री प्राणनाथजीले वाणीमा बताउनु भएको छ । संकलक : राजुप्रसाद भट्टराई, विराटनगर ।
Comments
Post a Comment