१३औँ वार्षिक साधारण सभा सम्पन्न ✍


मिति २०८१ साल भाद्र २९ गतेका दिन श्रीकृष्ण प्रणामी मन्दिर, सलकपुरमा श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल जिल्ला कार्य समिति, मोरङको १३औँ वार्षिक साधारण सभा एवम् ५औँ अधिवेशन श्यामकुमार आचार्यज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । 
उक्त अधिवेशनमा प्रमुख अतिथि मुक्तिधाम इटहरीका गादीपति श्री १०८ कृष्णदास महाराज, सलकपुर मन्दिरका मनोज मधुकर महाराज, सेवा समिति नेपालका केन्द्रीय उपाध्यक्ष शारदा थपलिया, संरक्षक समितिका पूर्व सदस्य एवम् समाजसेवी उद्ववप्रसाद रिजाल, युवा परिषद् कोशी प्रदेशका वर्तमान अध्यक्ष यज्ञ ढकाल, पूर्व अध्यक्ष अनिल ढुंगाना, बाईजूराज कोशी प्रदेश उपाध्यक्ष मुना गजुरेल, बाईजूराज मोरङ अध्यक्ष देवी पौडेललगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 
प्रणामी समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याए वापत संरक्षक परिषद्का पूर्व सदस्य उद्ववप्रसाद रिजाल, संरक्षक परिषद्का वर्तमान सदस्य प्रेम दंगाल, राजश्यामा धार्मिक बुलेटिनका प्रमुख सम्पादक राजुप्रसाद भट्टराई र बाईजूराज महिला समिति पूर्व केन्द्रीय उपाध्यक्ष गंगादेवी बास्तोलालाई प्रमाण पत्रसहित दोसल्ला ओढाएर प्रमुख अतिथिबाट सम्मान गरिएको थियो ।
 यसै गरी उपस्थित मनोज मधुकर महाराज, शारदाप्रसाद थपलिया, अनिल ढुंगाना, यज्ञ ढकाल, पूर्णप्रसाद ढकाल, गोपालप्रसाद गजुरेल, रञ्जन महाराज, चन्द्र डाँगी, रामप्रसाद गजुरेल, तुलसी भट्टराईलगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । विभिन्न क्षेत्रबाट उपस्थित करिव पचासभन्दा बढी विशिष्ट महानुभावहरूलाई मायाको चिनो एवम् श्रीकृष्ण प्रणामी सेवा समिति, मोरङको १३औँ वार्षिक साधारण सभा लेखिएको ब्याच पनि उक्त अवसरमा प्रदान गरिएको थियो ।
श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल मोरङका जिल्ला अध्यक्ष श्यामकुमार आचार्यले वार्षिक प्रतिवेदन पेस गर्नु भएको थियो भने उपाध्यक्ष मोहनप्रसाद अधिकारीले स्वागत मन्तव्य, कोषाध्यक्ष गोपालप्रसाद गजुरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यसै गरी हरकपुर मन्दिरका अध्यक्ष घनश्याम दाहालले आफ्ना सुझावहरू प्रस्तुत गर्नुभएको थियो भने जिल्ला सचिव जनक ढकालले कार्यक्रम संचालन गर्नुभएको थियो । 
जिल्ला अधिवेशनको दोस्रो सत्रमा  निर्वाचन कार्यक्रम संयोजक प्रेमप्रसाद दंगालले संचालन गर्नुभएको थियो । निर्वाचन समितिमा रोसन भट्टराई र कोपिला डाँगी सदस्य रहनु भएको थियो । अध्यक्ष पदका लागि चार जना उम्मेदवारहरू शरण भट्टराई, कृष्णप्रसाद कोइराला, रामप्रसाद गजुरेल र त्रिलोचन सुबेदीका बीच सहमति हुन नसकेको हुँदा अर्को सूचना प्रकाशित नहुन्जेलका लागि निर्वाचन कार्यक्रम स्थगन गरेको सूचना प्रकाशित गरेको छ । तीन सदस्यीय निर्वाचन समितिले अर्को समिति नबनुञ्जेल पुरानै समितिलाई कार्य संचालन गर्न दिने सहमति बनाएको छ । प्रणाम 
समाचार संकलक : राजुप्रसाद भट्टराई, विराटनगर ।

Comments

Popular posts from this blog

बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न ✍

✍ शरद पूर्णिमा

✍️ मोरङको ३५औँ वार्षिक साधारण सभा एवम् प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न ।