✍ सलकपुर मन्दिरमा तीज विशेष कार्यक्रम सम्पन्न


आज मिति २०८१ साल भाद्र १६ गतेका दिन श्रीकृष्ण प्रणामी मन्दिर सलकपुरमा श्रीकृष्ण प्रणामी बाईजूराज महिला समिति नेपाल जिल्ला कार्य समिति मोरङ र इकाई कार्य समिति सलकपुरको संयुक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ ।
सलकपुर इकाई समितिकी अध्यक्ष विन्दु भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि मुक्तिधाम इटहरीका  गादीपति श्री १०८ कृष्णदास महाराज, विशिष्ट अतिथि बाईजूराज केन्द्रीय उपाध्यक्ष विन्दु घिमिरे, सलकपुर मन्दिरका मनोज मधुकर महाराज, तिज विशेष कार्यक्रम सहयोग दाता परिवारको तर्फबाट बनिसा कटेल, सलकपुर प्रणामी मन्दिरका अध्यक्ष कृष्णप्रसाद बास्तोलालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
समाजसेवी आदरणीय राजु कटेल र वहाँको धर्मपत्नी विमला कटेलले विगत ३ वर्षदेखि तीज विशेष कार्यक्रमका लागि विशेष सहयोग गर्दै आउनु भएको हुँदा वहाँहरूलाई प्रमुख अतिथिको बरदहस्तबाट मायाको चिनो प्रदान गरिएको थियो ।
जिल्ला अध्यक्ष देवी पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने इकाई कार्य समिति सचिव मञ्जु प्रसाई आचार्यले पहिलो चरण र सुनिता कटेलले दोस्रो चरणको कार्यक्रम संचालन गर्नुभएको थियो । प्रणाम 
समाचार : राजुप्रसाद भट्टराई, विराटनगर ।

Comments

Popular posts from this blog

✍️ मोरङको ३५औँ वार्षिक साधारण सभा एवम् प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न ✍