Posts

Showing posts from October, 2024

✍ शरद पूर्णिमा

Image
शरद् पूर्णिमा महोत्सवको पावन उपलक्ष्यमा सबैमा मेरो कोटी कोटी प्रेम प्रणाम 🙏 संक्षिप्त परिचय : शरद् पूर्णिमाको शुभ दिन योगमायाको ब्रह्माण्डमा साँझपख श्रीकृष्णजीले आफ्नो वेणुनादबाट मधुर स्वर बजाउनु भयो । बाँसुरीको त्यो आवाज सुनेर गोपिनीका रूपमा रहेका परमधामका सबै सखीहरू बाँसुरीको आवाज बजेतिर अर्थात् वृन्दावनतिर दौडन थाले । त्यहाँ गएर श्री अनादि अक्षरातीत धामधनीसँग महारासमा समावेश भए । परमधामका आत्माहरूको विछोड पछिको परमात्मासँग मिलन भएको रात हो शरद पूर्णिमा । यसै दिन आनन्द उमङ्गका साथ रामत खेलेर सखीहरूले आफ्ना प्राणपति धामधनीसँग महारास खेलेर आनन्द उत्सव मनाएका थिए । शरद् पूर्णिमाको दिन निजानन्द सम्प्रदायमा आवद्ध भक्त समुदाय भेला भएर श्री १०८ प्राणनाथ मन्दिर पन्ना धाम, मध्य प्रदेशमा विशेष उत्सव मनाइन्छ जहाँ महामति  श्री प्राणनाथजी महाराजले परमधामको आनन्द अनुभूति गराउनु भएको थियो ।  ✍ महारास शरद् निसा रे पूनम तणी, आव्यो ते आसो रे मास । सकल कलानो चन्द्रमाँ, एणी रजनीए कीधो रे रास ll शरद् रैन पूनम मन भायो, मुकुट बांध के रास खिलायो ।। जो सरूप खेल्यो वृन्दावन माह...

प्राकट्य उत्सव ✍

Image
वन्दौं सतगुरु चरणको, करूं सो प्रेम प्रणाम । अशुभ हरण मंगल करण, श्री देवचन्द्रजी नाम ।।  परम वन्दनीय सुन्दरसाथजी ! आश्विन शुक्ल चौदश (चतुर्दशी) तिथि निजानन्दाचार्य सद्गुरु श्री देवचन्द्रजी महाराजको ४४३औँ प्राकट्योत्सवको पावन दिन हो । सबैमा म राजुप्रसाद भट्टराईको तर्फबाट कोटी कोटी प्रेम प्रणाम एवम् विजया दशमी २०८१ को हार्दिक मंगलमय शुभकामना 🙏  सम्वत सोलह सै अड़तीसे, आसो सुदि चौदस में । जनम दिन श्री देवचन्द्रजी, आए प्रगटे मारवाडमें ।।  जब जन्में मारवाडमें, घर अति आनन्द नरनार । यह बधाई ब्रह्माण्ड में, त्रिगुण समेत विस्तार ॥  श्री देवचन्द्रजी निजानन्द, जिन प्रगट करी संप्रदाय येह । तिनथें हमे यह लखि, हम द्वार पावें अब तेह ।।  गुरु कंचन गुरु पारस, गुरु चन्दन परमान । तुम सतगुरु दीपक भये, कियो जो आप समान ।।  संक्षिप्त परिचय ✍ श्री निजानन्दाचार्य सद्गुरु श्री देवचन्द्रजीका जन्म मारवाडको उमरकोट गाँउमा विक्रम सम्वत् १६३८ (ई.स. १५८१) आश्विन शुक्ल चौदश (चतुर्दशी) तिथि गुरुवारको दिन प्रातः चार बजे भएको थियो । निजानन्दाचार्य श्री देवचन्द्रजी महाराज पाँच वर्षको...

अहिंंसाको पाठ ✍