Posts

Showing posts from November, 2024

बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न ✍

श्रीकृष्ण प्रणामी संरक्षण सेवा समिति, श्रीकृष्ण प्रणामी मन्दिर बाल सेवा आश्रम, सुन्दर हरैचा -९ को आयोजनामा आज मिति २०८१ कार्तिक २६ गतेका दिन श्रीकृष्ण प्रणामी समाजको सेवामा समर्पित विभिन्न तहका समितिमा नव नियुक्त सम्पूर्ण पदाधिकारीहरूको (विशेष गरी कोशी प्रदेशमा रहेका) सम्मानमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । श्रीकृष्ण प्रणामी संरक्षण सेवा समिति, श्रीकृष्ण प्रणामी मन्दिर बाल सेवा आश्रम, सुन्दर हरैचा -९ का अध्यक्ष कृष्णप्रसाद शर्माज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सुन्दर हरैचाका नगर प्रवक्ता एवम् १२ नम्बर वडा अध्यक्ष रोसन ढकाल प्रमुख अतिथि रहनु भएको थियो । उक्त कार्यक्रममा विशेष अतिथि मनोज मधुकर महाराज, विशिष्ट अतिथि सेवा समिति नेपालका केन्द्रीय उपाध्यक्ष शारदाप्रसाद थपलिया, अतिथिमा सेवा समिति नेपालका केन्द्रीय संरक्षण परिषद्का सदस्य प्रेमप्रसाद दंगाल, सेवा समिति नेपालका केन्द्रीय सदस्य हरि कडरिया, मुना गजुरेल, डम्बर कटुवाल र तुलसी भट्टराई, युवा परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष टंक ओझा, युवा परिषद् केन्द्रीय सदस्य गोकुल कोइराला, बाईजूराज महिला समिति नेपालकी केन...